एमालेको कार्यालय बैठक बस्दै


 


काठमाडौं, असार २९
नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ ।

बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ ।

एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ ।

एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्