भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै


 


एजेन्सी, असार २९
भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ ।

’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ ।

आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने लक्ष्य राखिएको छ । आठ करोड डलरको लागतमा तयार पारिएको चन्द्रयान सफलतापूर्वक गन्तब्यमा पुग्यो भने चन्द्रमाको दक्षिणी भागमा यान पुर्‍याउने भारत पहिलो देश बन्ने छ ।

अहिलेसम्म चन्द्रमाको उक्त भागको नक्साङ्कन समेत भएको छैन । चन्द्रमाको दक्षिणी ध्रुव निकै खतरनाक मानिएको छ । ठूल्ठूला खाडल र भीरहरू रहेको तथा त्यो भागमा अहिलेसम्म सूर्यको प्रकाश समेत नपरेको विश्वास गरिएको छ ।

त्यहाँको तापक्रम माइनस २०३ डिग्री सेल्सियस रहेको अनुमान छ । यस्तो परिस्थितिमा पृथ्वीबाट पठाइने यानले बोकेका उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुनेछ । इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रयान–२ मा भन्दा यो यानमा निकै सुधार गरिएकाे बताएका छन् ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमा चन्द्रयान–१ पठाएको थियो । चन्द्रयान–२ ले चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरेको थियो ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्