आज नेपाल आइपुग्दै अमेरिकी सहायक विदेशमन्त्री लु


 


काठमाडौं, असार २९
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् ।

दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री लुले एकदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको हो। ‘उहाँ फेरि नेपाल आउन उत्सुक हुनुहुन्छ,’ दूतावासले फेसबुक पोस्ट गरेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्