आज असार २९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं, असार २९
आज २०८० साल असार २९ गते शुक्रबारको राशिफल ।

मेष

आज स्वादिष्ट भोजन पाइनेछ । नयाँ ज्ञान, सीप र कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

मिथुन

आज अनवास्यक यात्रा हुनसक्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी ल्याउन सक्छ ।

सिंह

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

तुला

आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ ।

धनु

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

कुम्भ

प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।

बृष

धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

कर्कट

आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

कन्या

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृश्चिक

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

मकर

न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

मीन

आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्