सीता दाहालको गरिएन काजकिरिया, नुनसमेत बारेनन्


 


काठमाडौं, असार २८ । हिजा (बुधवार) निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको काजकिरिया गरिएको छैन ।

यसअघि छोराको निधन हुँदा काजकिरिया नगरेका प्रचण्डले धर्मपत्नीको निधनमा पनि काजकिरिया नगरेका हुन् । धार्मिक विधिअनुसार काजकिरिया नगर्ने सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन्।

बुधवार दिउसो पशुपति आर्यघाटमा भने धार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएको थियो । उनलाई प्रधानमन्त्री आफैँले दागबत्ती दिएका थिए। त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए।

सीताको निधन भएसँगै शोक मनाउने क्रममा परिवारका सदस्यहरूले नुन पनि नबारेको बताइएको छ। ६९ वर्षकी सीताको बुधवार काठमाण्डूस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्