च्याट जीपीटीलाई टक्कर दिन एलन मस्कले खोले एक्सएआई कम्पनी
एजेन्सी, असार २८ । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले च्याट जीपीटीलाई चुनौति दिन नयाँ कम्पनी सुरु गरेको घोषणा गरेका छन् ।
टेस्ला, स्पेस एक्सका र ट्विटरका मालिका मस्कले ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने लक्ष्यका साथ एक्सएआई नामको कम्पनी सुरु गरेको घोषणा गरेका हुन् ।
मस्क र उनको टिमले शुक्रबार ट्विटर स्पेस च्याट मार्फत कम्पनीको बारेमा विस्तृत जानकारी दिने बताएका छन् । एक्स एआईको टिममा डिपमाइन्ड, ओपन एआई, गुगल रिसर्च, माइक्रोसफ्ट र टेस्लामा काम गरिसकेका व्यक्तिहरु संलग्न रहेको मस्कले बताएका छन् ।
यो कम्पनी मस्कको एक्सकर्प भन्दा फरक रहे पनि यसले ट्विटर, टेस्ला र अन्य कम्पनीहरुसँग मिलेर काम गर्नेछ ।
प्रकाशित मिति: २८ असार २०८०, बिहिबार