जनतमले गर्यो अनिता साहलाई मन्त्री बनाउन सिफारिस
काठमाडौं, असार २७
जनमत पार्टीले अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
मंगलबार बसेको दलको बैठकले साहलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।
‘सरकारमा सहभागी हुने निर्णय गर्यौँ । मन्त्रीको नाम सिफारिस गरिएको छ । मन्त्रालय टुंगो लाग्न बाँकी छ,’ प्रवक्ता हरेन्द्र चौधरीले भने ।
जनमतले सहरी विकास वा संघीय मामिला मन्त्रालय मागेको छ । सरकारलाई समर्थन गरेपनी जनमतबाट अहिलेसम्म मन्त्री बनेका थिएनन् ।
प्रकाशित मिति: २७ असार २०८०, बुधबार