व्यापक आलोचनापछि पल शाहले भने, ‘निधारमा बलात्कारी हुँ लेखेर देश छोडौं ?’
काठमाडौं, असार २६ । कान्तिपुर टेलिभिजनमा दिएको अन्तरवार्ताको चर्को आलोचना भएपछि अभिनेता पल शाहले त्यसको प्रतिक्रिया दिएका छन् । उनले आफूले कसैको पनि अवहेलना गर्ने उद्देश्यले नबोलेको बताएका छन् ।
हाँस्य कलाकार एवम् प्रस्तोता सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट् द फ्लप’ कार्यक्रममा बोलेका कुरालाई लिएर शाहको चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले अन्तरवार्ताका क्रममा कसैको नाम नलिइ कारागारभित्र रहँदा भोगेका, देखेका कुराहरू हाँसेर बोल्दै सुनाउनुबाहेक कसैको अवहेलना नगरेको बताए । उनले आफूलाई बलात्कारको आरोप लागेपछि कानूनलाई सघाएको र एक वर्षको सजाय काटेर अन्तिममा सफाई पाएर निस्किएकोसमेत बताएका छन् ।
उनले अदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ लेखेर हिँडौ कि दुःख, पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? भन्दै प्रश्न समेत गरेका छन् । उनले भनेका छन्, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँरु कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’
पल शाहको स्टाटस–
मानवीय जीवन हो– उतारचढाव हुन्छ । म नि मानव हो । मभित्र पनि मानवीय संवेदना छ । म रुन्छु, हाँस्छु । तपाईंहरू जस्तै‘
ममाथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगेँ र १ वर्ष कारागारमा रहेँ। सम्मानित अदालतबाट उक्त आरोपबाट ‘सफाइ’ पाएर म तपाईंहरू जस्तै सामान्य जीवनयापन र कर्म गर्दै आइरहेको छु ।
मलाई थाहा छ, बुझेको पनि छु– म एक सार्वजनिक व्यक्ति हुँ। मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना–साना कुरामा संवेदनशील हुनुपर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टीभीबाट प्रसारित “ध्जबत त्जभ ँयिउ क्जयध” मा मैले अन्तरवार्ता दिएको थिएँ । उक्त अन्तर्वार्ता प्रसारण भइसकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ । प्रसारित कार्यक्रममा ‘हाँसीहाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो’ जस्ता आरोप लागेका छन् ।
म एक्लै यो धर्तीमा कहीँबाट उत्पत्ति भएको हैन । मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन्। उनीहरूमा के बित्छ होला, जहिल्यै बलात्कारीको ट्याग दिँदारु कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा रु उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला, कस्तो दाग रहला रु कहिल्यै त्यो ठाउँमा आफ्नो परिवार राखेर सोच्नु भएको छ रु
म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस् या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लंघन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिनँ ।
मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिएँ । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो ररु मैले कसैको नाम नलिईकन त्यहाँभित्र मैले भोगेका-देखेका कुरा हाँसेरै सरकारसामु अपिल गर्दा पनि मैले गाली खानुपर्ने हो रु म मेरा दुःखका अनुभव हाँसेर कसैसँग सेयर गर्नै नपाउने हो रु मैले कसलाई मजाकको पात्र बनाएको छु रु म रुँदै अन्तर्वार्ता दिनुपर्ने होरु म मेरो दुःखमा सधैँ रुनुपर्ने हो या मैले मेरा दुःखका अनुभव हाँसीहाँसी साट्न र जित्न पनि पाउँछुरु धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्नसकेको छैन, मेरो जीवनमा मैले गर्नुपर्ने के हो नगर्नु पर्ने के होरु समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाई उत्तर दिनुहोला !
अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा म बलात्कारी हुूँ लेखेर हिडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँरु मलाई पल शाह बनाएको तपाईंहरूले हो यसकारण म प्रश्न पनि तपाईंहरू समक्ष नै गर्न चाहन्छु म के गरौं रु कसरी बाँचौं रु कसरी हिडौं रु कसरी बोलौं रु कसरी खाऊँ रु कसरी लाऊ रु कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौं रु कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौं ?
एक वर्षे कारागार बसाइमा मैले पाएका दुःखलाई आँशुले छिपिक्क भिजाएको छु । पीडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुःखलाई खुसी मुद्रामा साट्दा तपाईंहरूमा परेको असरप्रति क्षमा चाहन्छु । कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ‘सबैमा माया सम्मान र धन्यवाद ।
प्रकाशित मिति: २६ असार २०८०, मंगलबार