जम्मु–कश्मिरमा बाढीमा बगेर दुई भारतीय सैनिकको मृत्यु


 


एजेन्सी । भारतको जम्मु–कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ।

शनिबार जम्मु–कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू पोशाना नदी तर्ने क्रममा बगेका बिबिसी हिन्दीले जनाएको छ ।

बाढीमा बगेका नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु रामको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।

जम्मु–कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारतको मौसम विभागले अझै केही दिन उत्तर पश्चिमी भारतमा भारी वर्षाको चेतावनी दिएको छ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्