चीनले अमेरिकी फर्ममाथि अंकुश लगाएको भन्दै मन्त्री एलेनकाे असन्तुष्टि


 


काठमाडौं, असार २४
अमेरिकाकी बाणिज्य मन्त्री ज्यानेज एलेनले चीन भमणका क्रममा अमेरिकी फर्महरु माथि बेइजिंगले अंकुश लगाउने प्रयास गरेकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।

बेइजिंगको अनुचित ब्यावसायिक ब्यवहारको अमेरिकाले सामना गर्ने एलेनको भनाई छ । चीनसंगको सम्बन्ध सुधारका निम्ति बेइजिंग भ्रमणमा रहेका समयमा अमेरिकी बाणिज्य मन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो ।

अमेरिका चीनसँगको सम्बन्धलाई तितो बनाउने भन्दा पनि मिलेर जाने पक्षमा रहेको एलेनले स्पष्ट पार्नुभएको छ । एलेनको भ्रमणका क्रममा चिनियाँ बाणिज्य मन्त्रालयले अमेरिकाका तर्फबाट आर्थिक सम्बन्ध सुधारका निम्ति ठोस कदम चालिनुपर्ने स्पष्ट पारेको छ ।

चार दिने चीन भ्रमणमा रहेकी बाणिज्य मन्त्री एलेनले चिनियाँ प्रधानमन्त्री लि छ्यांगसंग भेट गर्ने कार्यक्रम छ । पछिल्लो केही वर्ष निकै तनावपूर्ण सम्बन्ध रहेका यी दुई मुलुकले सम्बन्ध सुधारका निम्ति प्रयास गरीरहेका छन् ।

एक महिनाको अवधिमा अमेरिकाका तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिन्केन र बाणिज्य मन्त्री एलेनको भ्रमण भएको हो । राष्ट्रपति जो बाइडेनको अपेक्षित चीन भ्रमणको तयारीका लागी मन्त्रीहरुको उच्चस्तरीय भ्रमण भैरहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्