दलाई लामा चीनसँग तिब्बतको समस्याबारे कुरा गर्न तयार


 


काठमाडौं, असार २४
बौद्ध धर्मगुरु दलाई लामाले तिब्बतको समस्याबारे चीनसँग खुलेर कुरा गर्न आफू तयार रहेको बताएका छन् । अब चीनले तिब्बतका जनताको साहस महसुस गर्दै आफूलाई सम्पर्क गर्ने प्रयास गरेको समेत धर्मगुरु लामाले उल्लेख गरे ।

भारतको हिमाञ्चलस्थित धर्मशालामा पत्रकारहरूसँग कुरा गदैृ धर्मगुरु लामाले भने, “तिब्बतको समस्या समाधान गर्न चीनका नेताहरूले मलाई सम्पर्क गरिरहेका छन्। तिब्बत धेरै वर्षदेखि चीनको अधीनमा रहेको छ । हामी पूर्ण स्वतन्त्रता चाहन्छौं। चीनले तिब्बतप्रति दमनकारी नीति अपनाएको छ। तर अब चीन आफ्नो गल्ती सच्याउन चाहन्छ । चीन अहिले परिवर्तन हुँदैछ ।”

धर्मगुरु लामाले अगाडि भने, “न म चीनसँग रिसाएको छु, न त तिब्बतप्रति दमनकारी मनोवृत्ति अपनाएका नेताहरूसँग । चीन ऐतिहासिक रूपमा बौद्ध राष्ट्र हो। त्यहाँ रहेका बौद्ध गुम्बा र मन्दिरहरु यसको प्रमाण हुन् । मैले ती गुम्बा र मन्दिरको पनि भ्रमण गरेको छु ।”

दलाई लामाले तिब्बती संस्कृति र धर्मको ज्ञानले सम्पूर्ण विश्वलाई फाइदा पुग्ने पनि बताए । “म अरू धर्म र तिनीहरुको परम्परालाई पनि सम्मान गर्छु । म संसारभरका मेरा सबै अनुयायीहरूलाई प्रेम र करुणा फैलाउन सन्देश दिन्छु। दलाई लामाले भने कि मलाई लाग्छ म १०० वर्ष भन्दा बढी बाँच्नेछु। तपाइँहरूले दीर्घायुका लागि कामना गर्नुस् ।” (एजेन्सी)

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्