पश्चिम बंगालमा हिंस्रक चुनाव, २४ घण्टामा १८ जनाको मृत्यु


 


एजेन्सी, असार २४
भारतको पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनाव हिंस्रक बनेको छ ।

दिनभर भएका हिंस्रक घटनामा १८ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले सुरक्षाका लागि प्रदेशभर १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

मतदानका क्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताबीच झडप, बन्दुक प्रहार र बम प्रहारका घटना भएका छन् ।

मृत्यु हुनेमा टीएमसीका १०, भारतीय जनता पार्टी (भाजपा) का ३, भारतीय कांग्रेसका ३ र सीपीआईएमका २ कार्यकर्ता रहेका छन् । हिंसाका घटना बंगालका मुर्शिदाबाद, कूचबिहार, पूर्वी बर्दवान र मालदामा भएका थिए ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्