चीनको सिचुआनमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै प्रभावित


 


एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा ठूलो वर्षापछि ४ लाख ६० हजार जनाभन्दा धेरै नागरिक प्रभावित भएका छन् ।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सिचुआनमा झण्डै ८५ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

हिजो मंगलवार भएको वर्षाले जनजीवन कष्टकर भएको छ । यसअघि सिचुआनले २६ वटा क्षेत्रमा बाढीको उच्च जोखिमसहित पहेंलो चेतावनी जारी गरेको थियो ।

प्रान्तीय बाढी नियन्त्रण मुख्यालयले नागरिकलाई सामाजिक सञ्जाल र वेबसाइटमार्फत पूर्व चेतावनी पठाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा राहत तथा नागरिकलाई सुरक्षित ठाउँमा राख्ने काम भैरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्