उच्च बेरोजगारीको चपेटामा चीन, युवामा आक्रोश
काठमाडौँ । सन् १९७८ मा भएको ‘सुधार र खुलापन’ पछि हाल चीनका युवाहरूले रोजगारीको सन्दर्भमा सबैभन्दा कठिन समयको सामना गरिरहेका छन् । चीनका युवा जागिर खोज्नेहरूले दशकहरूमा सबैभन्दा कठिन जागिर बजारको सामना गरिरहेका छन् ।
विश्लेषकहरूको भविष्यवाणी अनुसार उनीहरूले अगाडि कठिन समयहरूको लागि आफूलाई सम्हाल्न आवश्यक छ। किनभने समस्या छोटो अवधिमा हराउने सम्भावना छैन ।
साउथ चाइना मर्निङ पोस्टले बेइजिङको पोस्ट-कोरोना भाइरस रिकभरी प्रयासमा चुनौती खडा गर्दै गत मे महिनामा चीनमा १६-२४ उमेर समूहको बेरोजगारी दर २०.८ प्रतिशतको नयाँ उचाइमा पुगेको जानकारी दिएको छ ।
११.५८ मिलियन विश्वविद्यालय स्नातकहरू क्याम्पस छोड्ने तयारीमा छन्। जुन हालसम्मको उच्च रेकर्ड हो। युवा बेरोजगारी दर जुलाई र अगस्टमा थप बढ्ने आँकलन गरिएको छ।
चीनको बेरोजगारी समस्याको अर्को पक्ष बढ्दो आर्थिक र बेरोजगारीको दबाबका कारण मध्यम उमेरका जागिर खोज्नेहरूले पुनः रोजगारी खोज्दा उमेर भेदभावको सामना गर्नुपरेको छ। जसले चुनौतीहरू खडा गर्दै छ। यो वर्ष झनै कठिन हुने अनुमान गरिएको छ।
कोरोना भाइरसले निस्सन्देह चीनमा मध्यम-उमेरका कामदारहरूको लागि रोजगारी सङ्कटलाई बढाएको छ। धेरैले अझै पनि चुनौतीहरूको सामना गरिरहेका छन्। अनलाइन चिनियाँ सेवा भर्ती प्रदायक झाओपिनले गरेको सर्वेक्षण अनुसार ८५ प्रतिशत कामदारले अधिकांश कार्यस्थलमा ३५ वर्ष उमेरको सीमा छ भन्ने विश्वास गर्छन् ।
६० प्रतिशतभन्दा बढी युवाहरू उमेर भेदभावको मुद्दालाई सम्बोधन होस् भन्ने चाहन्छन्। सबैभन्दा ठूलो परिणाम भनेको १६-२४ वर्षको उमेर समूहका युवाहरूको बेरोजगारी दर हो । जुन मेमा नयाँ रेकर्ड बनाइ २०.८ प्रतिशत पुग्यो। जबकि गत अप्रिल महिनामा २०.४ प्रतिशत थियो।
यसरी चीनले बेरोजगारी र मध्यम उमेरका कामदारहरूसँगको काममा भेदभावको दोहोरो चुनौतीको सामना गरिरहेको छ। जुन चीनलाई असर गर्ने अस्वस्थताको एक महत्त्वपूर्ण सामाजिक-आर्थिक सूचक हो। पहिले नै कमजोर आर्थिक पुनरुत्थानका कारण कलेज स्नातकहरूको उच्च सङ्ख्याले रोजगारीको दबाब थप्दै गएकाले युवा बेरोजगारी दर घटाउन कम्तीमा दुई वा तीन वर्ष लाग्ने अनुमान गरिएको छ।
चीनमा काम गर्ने उमेर समूहको झण्डै आधा जनसङ्ख्या ३५-४९ वर्ष र ४३ करोडको बीचमा रहेकाले यस वर्गको पुनः बेरोजगारीको समस्याले नयाँ चुनौतीहरू खडा गरेको छ । कोरोना भाइरसले मध्य-जीवनको रोजगारीमा ठूलो सङ्कट निम्ताएको छ। जसले गर्दा वृद्ध विस्थापित कामदारहरूले पुनः रोजगारी खोज्न बाध्य छन्।
फेब्रुअरी देखि सेप्टेम्बर २०२० सम्म झाओपिन भर्ती प्लेटफर्ममा बायोडाटा पेस गर्ने ३५ वर्ष र माथिका जागिर खोज्नेहरूको सङ्ख्या वार्षिक रूपमा १४.९ प्रतिशतले बढेको छ। जुन ३५ वर्ष मुनिकारहरूको वृद्धि दर भन्दा छिटो हो। यो दोब्बर भन्दा बढी छ। ८० प्रतिशतभन्दा बढी सहरी श्रम शक्तिलाई रोजगारी दिने र रोजगारीको प्रमुख स्रोत भएको निजी क्षेत्र अझै पनि सुस्त गतिमा रिकभरी भइरहेको छ। जसले गर्दा छुटेकाहरूलाई पुनः रोजगारी दिन गाह्रो भएको छ।
ग्लोबल टाइम्सको एउटा लेखमा भनिएको छ, “मध्यम-उमेरका मानिसहरू छाँटिएपछि ठूलो कठिनाइहरूको सामना गरिरहेका छन्। मध्यम-उमेरका बेरोजगार व्यक्तिहरू अनलाइन कफी पसलहरूमा जाने प्रवृत्ति बन्न थालेको छ . किनभने उनीहरूले आफ्ना ल्यापटपहरू निःशुल्क चार्ज गर्छन् र एयर कन्डिसनको आनन्द लिन्छन्, तर प्रायः कुनै कफी किन्दैनन् ।”
चीनमा ठूलो बेरोजगारी र महामारीका कारण आएको आर्थिक मन्दीबीचको सम्बन्ध छ। विगत तीन वर्षमा कोरोनाभाइरसबाट त्रसित भएको अर्थतन्त्र र यस वर्षको कमजोर रिकभरीले पर्याप्त रोजगारी सिर्जना गर्ने चीनको प्रयासलाई चुनौती दिएको छ। जुन वृद्धि र सामाजिक स्थिरता कायम राख्न महत्त्वपूर्ण ठान्छ।
चीनको २५ देखि ५९ उमेर समूहको बेरोजगारी दर सन् २०२३ को अप्रिलमा ४.२ प्रतिशत रहेकोमा सन् २०२३ को मे महिनामा ४.१ प्रतिशतमा झरेको भएता पनि १६–२४ उमेर समूहको बेरोजगारी दर सन् २०२० देखि क्रमशः बढेको छ।
२०२३ मा कमजोर आर्थिक रिकभरीले विशेष गरी साना र मध्यम आकारका उद्यमहरूमा श्रम मागमा विश्वासको कमी भएको छ र व्यवसायहरूले नयाँ पदहरू थप्नुको सट्टा कर्मचारीहरूलाई ओभर टाइममा काम लगाउन रुचाउँछन्।
थप रूपमा, कोरोनाभाइरस महामारीको समयमा बेरोजगार भएका वा सङ्क्रमणकालीन जागिरमा बसेका मानिसहरूले थप तीव्र प्रतिस्पर्धा गर्दै रोजगार बजारमा पुनः प्रवेश गर्नेछन्। उच्च शिक्षाबाट स्नातकहरूले प्राप्त गरेका सीपहरू र रोजगारदाताहरूले आवश्यक पर्ने सीपहरू बीचको बेमेलले बेरोजगारीको असाधारण उच्च दरमा योगदान पुर्याइरहेको छ।
यो मिसालाइमेन्ट विशेष गरी केही उद्योगहरूमा गम्भीर छ। गोल्डम्यान सैक्सका अनुसार, खेलकुद विषयहरूमा स्नातकहरूको सङ्ख्या २०१८ को तुलनामा २०२१ मा २० प्रतिशत भन्दा बढी बढेको छ। तर शैक्षिक संस्थाहरूमा भर्तीको माग सोही अवधिमा भौतिक रूपमा कमजोर भयो। हालैका वर्षहरूमा सूचना प्रविधि, शिक्षा र घरजग्गाको क्षेत्रहरूलाई असर गर्ने नियमन परिवर्तनहरूले पनि ती क्षेत्रहरूमा श्रमको मागलाई कमजोर बनाएको हो।
चीनमा बेरोजगारी/रोजगारी सङ्कट उत्पन्न भएको यो पहिलो पटक भने होइन। देङ सियाओपिङले सन् १९७८ मा सुरु गरेदेखि आर्थिक सुधारका चार वटा महत्त्वपूर्ण लहरहरू आएका छन्। पहिलो घटना १९८० को दशकको सुरुमा देखा पर्यो। जब लगभग ५० लाख शिक्षित युवाहरू, जसलाई ग्रामीण क्षेत्रमा पठाइएका थिए र पछि घर फर्किएका थिए ।
दबाबले धेरै सुधारहरू निम्त्यायो र चीनले स्व-रोजगारी व्यवसायहरूलाई अनुमति दिन प्रतिबन्धहरू हटायो। दोस्रो १९८९-१९९० को बीचमा देशको आर्थिक वृद्धिमा सुस्ताएको बेला भएको थियो ।
पछि १९९८ मा कम सीप र घाटा लिने राज्य-सञ्चालित कम्पनीहरूको पुनर्संरचना गर्ने चीनको निर्णयले लाखौँ कामदारहरूलाई हटायो। तेस्रो सङ्कटले मुख्यतया ४० र ५० को दशकको चिनियाँ पुस्तालाई बढी असर गर्यो। तर विश्व व्यापार सङ्गठन (२००१) मा चीनको प्रवेश पछि बढ्दै गएको निजी क्षेत्रले उत्पादन गरेको अतिरिक्त श्रमलाई समाहित गरेको हुनाले बाँच्यो।
चौथो लहर सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटको समयमा एक करोड ५० लाखदेखि २ करोड आप्रवासी कामदारहरूले कामको अभावका कारण तटीय कारखानाहरू छोडेपछि आयो। रोजगारी बजारलाई सहयोग गर्न र आर्थिक वृद्धिलाई बढवा दिन चीनले तुरुन्तै ४ ट्रिलियन युआन (अमेरिकी डलर ५५९ बिलियन) को प्रोत्साहन प्याकेज लागू गर्यो।
चिनियाँ राज्य युवा बेरोजगारीप्रति चिन्तित छ भन्ने कुरा भर्खरै (मे २०२३) स्पष्ट भयो। जब राष्ट्रपति सी जिनपिङले पिपुल्स डेलीमा पहिलो पृष्ठको लेखमा यसो भनेका छन्।
“जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले देखाउँछन् कि युवावस्थामा छनोट गर्ने, तितोपन खानु भनेको पुरस्कार पाउनु पनि हो।” सीले युवा पुस्ताको अपेक्षाको बारेमा लेखिएको लेखमा पाँच पटक “तीतो खाने” उल्लेख गरिएको छ। सांस्कृतिक क्रान्तिको समयमा ग्रामीण इलाकामा काम गर्ने आफ्नो अनुभव प्रयोग गरेर उनले युवाहरूलाई “आफूलाई सहन” बारम्बार आग्रह गरेका छन्।
यदि चिनियाँ युवाहरूले “तीतो खाने” हो भने तिनीहरू अहिले आर्थिक मन्दी र गम्भीर बेरोजगारीको सामना गरिरहेका छन्। त्यसैले आर्थिक रूपमा विश्वमा पहिलो बन्ने चिनियाँ सपना अझै टाढा छ !
प्रकाशित मिति: २० असार २०८०, बुधबार