कार्यक्रमको ठीकअघि शौचालयमा मृत भेटिइन् कोरियन गायिका


 


एजेन्सी । दक्षिण कोरियाकी गायिका ली साङ यून एक कार्यक्रममा प्रस्तुति दिनअघि शौचालयमा मृत फेला परेकी छन् ।

सञ्चारमाध्यमका अनुसार कार्यक्रमका एक सदस्यले साङको शव फेला परेका थिए । त्यसपछि उनले तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

साङ गत ६ जुलाईमा एक कार्यक्रममा प्रस्तुति दिन लागेकी थिइन् । त्यसका लागि उनी ब्याक स्टेज थिइन् र बाहिर दर्शक उनको प्रतीक्षामा थिए । तर, प्रस्तुतिको ठिक अघि उनी एकाएक गायब भइन् । लामो समयसम्म पनि उनी स्टेजमा नआएपछि कार्यक्रममा सदस्यहरूले उनको खोजी सुरु गरेका थिए ।

सोपरानो गायकीका लागि चर्चित ४६ वर्षीया साङ दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीबाट स्नातक गरेकी हुन् । उनले अमेरिकाबाट स्नातकोत्तर पूरा गरेकी थिइन् ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्