आदिपुरुषका सम्बाद लेखक मनोजले मागे माफी


 


काठमाडौं, असार २३ । विवादित चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुंतशिरले माफी मागेका छन्।

शनिबार बिहान उनले सामाजिक सञ्जालमार्फत् माफी मागेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘म बिना शर्त माफी माग्छु । ‘आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्‍याएको म स्वीकार गर्छु। मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषिमुनिहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु। भगवान बजरंग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति दिनूहोस् !’

चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोजले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए। हिन्दु सेना नामक संगठनले यो फिल्ममाथि प्रतिबन्ध लगाउने सम्बन्धमा दिल्ली हाईकोर्टमा मुद्दा दायर गरेको थियो छ, जसको सुनुवाइ भइरहेको छ।

फिल्मका धेरै संवादलाई लिएर देश विदेशमा आलोचना पनि भएको थियो।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्