सत्ता साझेदार दलले साथ नदिँदा नेदरल्यान्ड्स सरकार ढल्यो


 


एम्सटरड्याम । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले राजीनामा दिएका छन् । आप्रवासीको सङ्ख्या रोक्न चाल्ने चार गठबन्धन साझेदार दलबीच सहमति नहुँदा सरकार ढलेको हो । यस कदमबारे तीन दिनसम्म वार्ता चलेको थियो ।प्रधानमन्त्री मार्क रुटेले आप्रवासी नीतिमा सहमति जुटाउन नसक्दा नेदरल्यान्ड्स सरकार ढलेको बताएका छन् । उनले आगामी निर्वाचनसम्म गठबन्धनले कामचलाउ सरकार चलाउने जानकारी दिए ।

मार्क रुटेको नेतृत्वमा डेढ वर्षअघि सरकार बनेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार नेदरल्यान्ड्समा यसै वर्ष नोभेम्बरमा चुनाव हुनसक्छ ।

मार्क रुटेको भीभीडी पार्टी नेदरल्याण्डमा शरण खोज्नेहरूको संख्या सीमित गर्न चाहन्छ। तर, गठबन्धनका अन्य दलले उनको योजनाको विरोध गरेका छन् ।

गत वर्ष नेदरल्याण्डमा ४७ हजार मानिसले आप्रवासनका लागि आवेदन दिएका थिए । यो वर्ष ७० हजारसम्म आवेदन आउन सक्ने सरकारको अनुमान छ । –बीबीसी

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्