आज पनि बैंक खुल्ने
काठमाडौैं, असार २३
शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै शनिबार बैंक खुल्ने भएको हो ।
महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको थियो ।
राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गते समेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।
आर्थिक वर्षको अन्तिम महिना भएका कारण सरकारी भुक्तानी तथा राजस्वका कारण बैंक तथा वित्तिय संस्था खुल्न लागेका हुन् ।
प्रकाशित मिति: २३ असार २०८०, शनिबार