भारतको पश्चिम बङ्गालमा चुनावी हिंसामा चारको मृत्यु


 


कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् ।

एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री बरामद गरेको छ । पश्चिम बङ्गालमा शनिबार निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्