बालुवाको ढिस्कोमा पुरिएर क्रिकेट खेलिरहेका आठ बालबालिकाको मृत्यु


 


पाकिस्तान । पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ । मार्तुङ खास शांगला जिल्लामा क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दाँ उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा एक बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एकजनाको खोजी भइरहेको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । दुर्घटनाका बेला १० बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्