प्रतिनिधिसभा बैठक बस्दै, सदन चल्न नदिने एमालेको अडान


 


काठमाडौं, असार २१
प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

बुधबार प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेको अवरोधपछि आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको थियो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको छ । यस्तै आजै राष्ट्रियसभा बैठक पनि आज बस्दै छ ।

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्