राष्ट्रियसभा बैठक आज बस्दै, अवरोध गर्ने एमालेको अडान
काठमाडौं, असार २१
राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।
यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।
भारतले नेपालको प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।
प्रकाशित मिति: २१ असार २०८०, बिहिबार