आफ्नै अभिव्यक्तिले अप्ठेरोमा प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, असार २१
विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिपछि नेपालको राजनीति अहिले तरंगित बनेको हो ।

प्रधानमन्त्रीले बोलेका भनाइलाई लिएर प्रमुख विपक्षी दल नेकपा एमालेले उनको राजीनामासमेत माग गरेको छ । प्रधानमन्त्री दाहालको भनाइलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबारको बैठक अवरोध गर्दा प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार र राष्ट्रिय सभाको बैठक बिहीबार बस्नेगरी स्थगित गरिएको छ ।

उनको यस अभिव्यक्ति दाहाललाई सत्ताच्युत गराउन प्रमुख विपक्षी एमालेलाई राम्रो मसलासमेत बन्ने निश्चितप्रायः छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालको यो पछिल्लो भनाइको चर्को विरोध गरेका छन् ।

प्रधानमन्त्री दाहालले यसबारे जवाफ दिएर मात्रै नहुने, राजीनामा नै दिनुपर्ने ओलीको भनाइ छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्