२५ लाखभन्दा बढी मूल्यको औषधीसहित भारतीय नागरिक पक्राउ


 


धनुषा, असार २० । जनकपुर उपमहानगरपालिका–१२ बर्हविगहाबाट २५ लाखभन्दा बढी मूल्यको औषधीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टल औषधी बोकेको कारसहित उनलाई हिजो (मंगलबार) साँझ उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेस जनकपुरधामले नियन्त्रणमा लिएको हो ।

भारत घर बताउने २९ वर्षीय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको औषधी तथा कारसहित आवश्यक कारबाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्