साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो


 


काठमाडौं– असार २० । १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ।

मंगलबार राति भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो।

निर्धारित र थपिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटमा भारतले कुवेतमाथि जित निकालेको हो। योसहित भारत नवौं पटक साफ च्याम्पियनसिपको विजेता भएको छ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्