राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने


 


काठमाडौं, असार २०
राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ः३१ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।

मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्