आज असार २० गते बुधबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल असार २० गते बुधबारको राशिफल ।

मेष

आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।

मिथुन

आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

सिंह

रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

धनु

आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैबाट धोका हुनसक्छ ।

बृष

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।

कन्या

आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मकर

प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मीन

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

प्रकाशित मिति: २० असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्