नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य
काठमाडौं, असार १९ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि भइरहेको नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
गुल्सन झाको अर्धशतकीय पारीको मदतले नेपालले २६८ रन बनाएको हो । आयरल्यान्डको बलिङसामु नेपालको ब्याटिङ धरमराएको अवस्थामा गुल्सनले अर्धशतक बनाएका हुन्।
गुल्सनले ४२ बलमा चार चौका र तीन छक्का सहित ५७ रन बनाएका हुन्। गुल्सनले अन्तिर ओभरको अन्तिम बलमा छक्का प्रहार गरेका थिए। उनलाई बीचमा पारी सम्हाल्न सन्दीप लामिछानेले सघाए। सन्दीपले ३० बलमा ३२ रन बनाए।
यस बाहेक नेपालका लागि अर्जुन साउदले ८४ बलमा ४८ रनको पारी खेले। कुशल मल्लले ३८ बलमा ४४ रन बनाए। रोहित पौडेलले २९ रन र भीम सार्कीले २० रन बनाए। अरू ब्याट्सम्यान खासै चलेनन्।
जिम्बावेको टाकासिंघा स्पोर्टस् क्लबमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको थियो। नेपालले निर्धारित ५० ओभर खेलेर नौ विकेटको क्षतिमा २६८ रन बनायो।
प्रकाशित मिति: १९ असार २०८०, मंगलबार