कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी
काठमाडौं, असार १९ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवातर्फ सेवा करारमा कर्मचारी माग गरेको छ। मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो।
सरकारको सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको छ।
मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, सातौँ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ।
प्रकाशित मिति: १९ असार २०८०, मंगलबार