बहुमत पुर्‍याउन सत्ता गठबन्धनलाई सकस – मध्यावधिको खतरामा कोशी प्रदेश


 


काठमाडौं, असार १९
नेकपा एमाले नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ ।

नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै सकस देखिएको हो ।

संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पुर्‍याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ ।

सत्ता गठबन्धनका दलहरूले बहुमत पु¥याउने दाबी गर्दै आए पनि मध्यावधिको खतरा बाँकी नै रहेको प्रदेश सभामुख बाबुराम गौतमले बताए । उनले मध्यावधिको खतरा भए पनि त्यसलाई टार्नका लागि सभामुखको हैसियतले सबै प्रयत्न गर्ने बताए ।

प्रकाशित मिति: १९ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्