मुलपानी क्रिकेट मैदानको नाम परिवर्तनप्रति स्थानीयको असन्तुष्टि, लगाए ताला


 


काठमाडौँ, असार १८ । स्थानीयले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेकोप्रति स्थानीयले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका संस्थापक एवम् पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथशाहको नाममा राख्ने निर्णय गरेको थियो । उक्त नाममा असन्तुष्टि जनाउँदै स्थानीयले आइतबारदेखि नै ताल्चा लगाएका हुन् ।

गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो ।

लामो समयदेखि बन्न सुरु गरेको भए पनि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्