चीनमा केमिकल कारखानामा विष्फोट


 


एजेन्सी । चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ ।

चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको थियो ।

विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् । तर, चीनको प्रसिद्ध सामाजिक सञ्जाल वेईपोमा भने विष्फोटपछिको दृष्य निकै भाइरल भएको छ । कारखानाभित्र प्रज्वलनशिल पदार्थमा आगो लाग्दा घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीपछि कारखाना आसपासका बस्तीबाट मानिसहरुलाई अन्यत्र सारिएको छ ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्