नायक आमेश भण्डारीले खुलाए समिक्षा अधिकारीसंगको सम्बन्ध (भीडीयोसहित)


 


काठमाडौं, १७ असार । नायक आमेश भण्डारीले आफूले गायिका समिक्षा अधिकारीसंगको आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन् ।

एक ‘टेलिभिजन शो’का क्रममा बोल्दै उनले समीक्षासंग आफू प्रेममा नभएपनि उनको परिवारबाट विवाहका लागि प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् । उनले आफूले समीक्षालाई खराब परिस्थितिमा पनि साथ दिएको स्पष्ट पारेका छन् ।

अहिले आफू र समिक्षा एकदमै मिल्ने साथी बनेको उनको भनाई छ । भण्डारीले हालै समिक्षा अष्ट्रेलिया रहेको बेलामा आफूहरुले टिकटक बनाएको बताए ।

उनले समिक्षा आफूलाई एकदमै सशक्त र परिपक्व युवती लागेको बताए । समिक्षाले आगामी दिनमा अझै धेरै प्रगति गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्