बालेन र हर्कसंग रविको तुलना हुँदैन : दीपकराज गिरी
काठमाडौं, असार १७ । अभिनेता दीपकराज गिरीले नयाँ पुस्ताका नेताहरुलाई एकै हिसावबाट हेर्न नमिल्ने बताएका छन् ।
सामाजिक सञ्जालमा धारणा राख्दै उनले नयाँ पुस्ताका नेता रास्वपाका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई एकै हिसावबाट हेर्न नहुने बताएका हुन् ।
बालेन र हर्कको कार्यकारी पद भएको र रवि हाल कार्यकारी पदमा नरहेकाले अहिले उनीहरुको बिच तुलना गर्न नमिल्ने उनले बताए । उनले एकअर्कामा तुलना गर्नुभन्दा उनीहरूले गरेको काम अनुसार समर्थन र सचेत गराउनु राम्रो हुने टिप्पणी गरे ।
उनले लेखेका छन्,– ‘नयॉ पुस्ताका यी नेताहरू प्रति जनताको बिश्वास चुलिँदो छ ! त्यो राम्रो हो ! तर केही तत्वहरू यिनिहरूलाइ नै तुलना गरेर, ट्रोल बनाएर यिनिहरू बिच नै प्रतिष्पर्धा होस भन्ने चाहेको महसूस हुन्छ !
बालेन र हर्कको कार्यकारी पद हो १ जबकी रबिको होइन, उनि अहिले काम गर्ने पदमा नै छैनन् १ त्यसैले यिनिहरू बिच तुलना गर्नु भन्दा उनीहरूले गरेको काम अनुसार ,समर्थन र सचेत गराउनु राम्रो होला ‘ उनिहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पूरानै प्रबृती लाइ जिताउनु हो ।
शुभदिन !!
प्रकाशित मिति: १७ असार २०८०, आइतबार