ट्वीटरमा फेरि अर्को नियम, चाहेजति पोष्ट पढ्न नपाइने


 


काठमाडौं । ट्वीटरले फेरि अर्को नियम लागू गरेको छ । ट्वीटरका मालिक एलोन मस्कले भेरिफाईड प्रयोगकर्ताले एक दिनमा १० हजार पोष्ट र पुराना भेरिभाइड नभएका प्रयोगकर्ताले १ हजार पोष्ट र नयाँ प्रयोगकर्ताले पाँच सय पोष्टहरु मात्रै पढ्न पाउने बताएका छन् ।

एलेन मस्कले शनिबार राति ट्वीटरको प्रयोग सीमितता गर्ने घोषणा गरेका हुन्। पहिलो ट्विटमा, मस्कले डाटा स्क्र्यापिङ र प्रणाली हेरफेरबाट बच्न ट्विटरमा अस्थायी रूपमा सीमा लागू गरिएको बताए।

मस्कले पहिलो ट्विट गरे – भेरिफाइड अकाउन्टले अब दैनिक ६,००० पोष्टहरू मात्र पढ्न सक्नेछन्, अप्रमाणित प्रयोगकर्ताले ६०० मात्र र नयाँ अप्रमाणित खाताहरूले ३०० पोष्ट मात्र पढ्न सक्नेछन्। केही समयपछि अर्को ट्वीट गरेर उनले यो सीमा ८ हजार पोष्ट, ८ सय पोष्ट र ४ सय पोष्टमा पुर्याए।

त्यसपछि उनले अर्को ट्वीट गरे। यसमा उनले प्रमाणिकरणका लागि १० हजार, पुराना अप्रमाणित प्रयोगकर्ताका लागि १ हजार र नयाँ अप्रमाणित प्रयोगकर्ताका लागि ५ सयको सीमा बढाएका छन्।

यसअघि शुक्रबार लगइन नगरी ट्वीट हेर्ने मानिसहरूलाई रोक लगाइएको थियो। अर्थात् अहिले ट्विटरमा एकाउन्ट नभएका वा ट्विटरमा लगइन नगरी ट्वीट पढ्ने मानिसहरूले अब ट्वीट देख्ने छैनन्। यद्यपि यो नियम पनि अस्थायी भनेका छन् ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्