धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा


 


एजेन्सी, असार १७
छत्तीसगढको बालोदमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा परेका छन् । चौँथो सन्तान पाउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो ।

यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ । प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौँथो सन्तान पाउन लागेका छन् ।

हवल्दारले आफ्नी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्