सात नियोग तथा केही दूतावास नेतृत्वविहीन


 


काठमाडौं, असार १७
विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन् ।

केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदैछ । कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा छन् ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको बताउँदै भने, “चार जना फर्किसक्नुभएको छ। अन्य फर्कने क्रममा हुनुहुन्छ।”

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका प्रमुख अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घको जेनेभास्थित नियोग प्रमुख मनिप्रसाद भट्टराई छिट्टै फिर्ता हुने तरखरमा छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्