व्यक्तिगत दुस्मनीका कारण गोली हानी तीन जनाको हत्या


 


कराँची, असार १५ । कराँचीको बल्दिया सहरमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुस्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।

एआरवाई न्युजले बिहीबार जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ । मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सीफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक ९एसपी० बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीबीका कारण घटना भएको पाइएको बताएका छन् ।

यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा ‘व्यक्तिगत दुस्मनी’ को कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्