यी चार बैंकको ब्याजदर सबैभन्दा सस्तो
काठमाडौं, असार १५ । दुई सरकारी बैंकसहित चार वटाको आधारदर एकल अंकमा झरेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार चारवटा बैंकको आधादर औसम घटेको हो ।
जसअनुसार राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नबिल बैंक र नेपाल बैंकको आधारदर एकल अंकमा छ । यी बैंकहरुको आधार दर १० प्रतिशतभन्दा तल झरेको छ ।जसकारण यी बैंकबाट तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण पाइनेछ ।
वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो । बैंकको आधारदरले नै ऋण लिँदा सस्तो र महँगो पर्ने हुन्छ । बैंकहरुले ऋण प्रवाह गर्दा आधारदरमा प्रिमियम जोडेर ब्याज लिने गर्छन् ।
बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर १०.३४ प्रतिशतमा आएको छ । त्यसअघिको औसत आधारदर १०.४४ प्रतिशत थियो ।
आधारदरले २१ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइने देखाउँछ । उसको आधारदर ८.२४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । यस आधारमा पनि यस बैंकबाट १०।२४ प्रतिशतदेखि १३.२४ प्रतिशतसम्मको ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा प्रवाह हुनेछ ।
प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार