आज सार्वनजनिक बिदा


 


काठमाडौं, असार १४ । सरकारले मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले दुई दिन अघि सूचना जारी गरी असार १४ गते अर्थात आज बिहीबार सार्वजनिक बिदा दिएको हो ।

बकर ईद मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।

प्रकाशित मिति: १४ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्