आज असार १४ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं, असार १४
आज २०८० साल असार १४ गते बिहिबारको राशिफल ।

मेष

आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन

आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

सिंह

प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कहीँ कतै भ्रमण गर्ने योजना पनि बन्न सक्छ ।

तुला

दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हात लाग्न सक्छ ।

धनु

धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ

मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

बृष

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ ।

कर्कट

आज मनमा दुबिधा उत्पन्न होला । स्वास्थ्य तथा शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ, साँझमा भने धन हात पर्नसक्छ ।

कन्या

आज सुखद् यात्राको योग छ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

बृश्चिक

आज पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

मकर

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

मीन

आजको दिन त्यति भरपर्दो रहनेछैन । अप्रिय समाचारले दुखी बनाउनसक्छ । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला ।

प्रकाशित मिति: १४ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्