भाेजपुरका अागलागी पीडितलार्इ के भने प्रचण्डले ?


 


prachandभाेजपुर, मंसिर ७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुरका आगलागी पीडितकाे पुर्नस्थापनका लागि सक्दो पहल गर्ने आश्वासन दिएका छन् । अागलागीबाट क्षति भएका घरको अवलोकनका लागि मंगलबार अपरान्ह हेलिकप्टरबाट भोजपुर पुगेका प्रधानमन्त्री दाहालले आगलागी क्षेत्रको अवलोकन पछी संवाेधन गर्दै जिल्लाबाट राहतका लागी गृह मन्त्रालयमा सुझाव पठाउन अनुराेध गरेका छन् ।

प्रचण्ड ताप्तेजुंगकमा सुरू भएकाे कञ्चनजंगा हिरक महाेत्सव उद्घाटन गरेर भाेजपुर पुगेकाे हुन् । उनले जिल्लाबाट आएका सुझावका आधारमा सरकारले राहत प्याकेज दिने अाश्वासन दिएका छन् ।

भोजपुर बजार जोखिमपुर्ण रहेकाले यसलाइ समेत ब्यवस्थित गर्ने गरी जनप्रतिनिधि र पीडितहरुसंग सल्लाह गरेर सुझाव पेश गर्न प्रमुख जिल्ला अधिकारीलाइ निर्देशन दिएका छन् ।

अागलागी पीडितलाई प्रशासनले सदरमुकामको बानेश्वर गुठीको जग्गामा सामुहिक आवास निमार्ण गरी व्यवस्थापन गर्ने काम गरिरहेको छ । भोजपुर सदरमुकामको भोटेपसलमा आइतबार भिषण आगोलागी हुँदा ८ घर जलेर नष्ट भएका थिए भने १ घरमा आशिंक क्षति पुगेकोे थियो । करिब साढे ९ कराेडकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

तस्बिर साैजन्य : सुदन किरातीकाे फेसबुक

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्