बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय
काठमाडौं, असार १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
रास्वपाले आज (बुधबार) विहान बैठक आह्वान गर्दै बजेटका विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
सरकारले आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेटलाई आजको प्रतिनिधि सभाको बैठकमार्फत पारित गर्ने तयारी थालेको छ ।
प्रकाशित मिति: १३ असार २०८०, बुधबार