प्रेम अस्वीकृत भएपछि पाकिस्तानबाट लन्डन पुगेर ‘प्रेमिका’को हत्या


 


लन्डन, असार १३
बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ । अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ ।

ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाईएको हो ।

हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न अस्वीकार गरेकी थिइन । मृत्यु हुने ती युवती पनि पाकिस्तानकी हुन् । हत्याराले पाकिस्तानबाट लण्डन गएर युवतीको हत्या गरेका थिए ।

हत्यारालाई कारबाही भएपछि युवतीका बुबाले आफ्नी छोरीलाई जनावरले पनि राम्रो व्यवहार गर्ने बताए ।

२१ वर्षीय हिना बशीर र २८ वर्षीय मोहम्मद अर्सलान पाकिस्तानको सोही गाउँका बासिन्दा थिए। हिना ११ वर्षकी हुँदादेखि नै अर्सलानको पिछा गर्ने गरेको यो । उनी हिनासँग बिहे गर्न चाहन्थे ।

तर हिनासँग अर्सलानको प्रेम एकतर्फी थियो। हिनाले उनलाई साथीको रुपमा मात्र हेर्थिन् । अर्कोतर्फ, अर्सलानले मानिसहरूलाई हिना आफ्नो मंगेतर भएको र दुवैले चाँडै विवाह गर्न लागेको बताउँदै आएका थिए ।

सन् २०२१ मा हिना थप अध्ययनका लागि लण्डन गइन् । अर्कोतर्फ हिना लण्डन गएपछि अर्सलान चिन्तित भए । त्यसपछि उनले लण्डनको एउटा कलेजमा एमएमा भर्ना पनि गरे । उनले पाकिस्तानमा एमए गरिसकेका बेला इस्लामावादको एउटा कम्पनीमा काम गरिरहेका थिए ।

लण्डन आएपछि पनि अर्सलान हिनालाई पछ्याउँथे । यहाँ उनले हिनालाई अर्कै केटा मन परेको कुरा पनि थाहा पाए । यसले उनलाई यति रिस उठ्यो कि उनले लन्डनमै हिनाको हत्या गरे । अनि सुटकेशमा हालेर शव खाेलामा फालिदिए ।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्