पेप्सीकोलामा गाडीको ठक्करबाट एकको मृत्यु


 


काठमाडौं, मंसिर ७

काठमाडौंको पेप्सीकोलामा मंगलबार बिहान बोलेरो गाडीको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।बिहान साव ६ बजे पेप्सीकोलामा बा ८ च ४८१४ नम्बरकोे बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री पेप्सीकोला बस्ने अन्दाजी वर्ष ३५ की अन्जना थापाको ज्यान गएको हो ।

गम्भीर घाइते भई उपचारको क्रममा वीर अस्पतालमा उहाँको न्यान गएकको हो । चालक फरार रहेकोले खोजी भइरहेको छ । ठक्कर दिने गाडीलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्