देशद्रोहका नाइकेलाई कानुनी कठघरामा उभ्याउने पुटिनको चेतावनी


 


एजेन्सी, असार १२
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमा रक्तपात मच्चाउन खोज्ने समुहका नाइकेलाई न्यायको कठघरामा उभ्याउने बताएका छन् ।

सोमबार छोटो सम्बोधन गर्दै पुटिनले निजी सैन्य समुह वाग्नरका प्रमुख यभ्गेनी प्रिगोझिनतर्फ लक्षित गर्दै कानुनी कारबाहीको संकेत गरेका हुन् ।

रुसको तर्फबाट युक्रेनमा लडिरहेका वाग्नर समुहका लडाकुहरुलाई भने पुटिनले देशभक्त सैनिकको संज्ञा दिए ।

व्रिदोहको लागि मस्कोतर्फ अघि बढेका हजारौं वाग्नर लडाकुलाई रुसी सेनामा समायोजन हुने, बेलारुस जाने वा घर फर्किने विकल्प खुला रहेको पुटिनको भनाइ छ ।

प्रकाशित मिति: १२ असार २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्