जसपा नेपालको विधान अधिवेशन आज सकिँदै, उपेन्द्रसहित शीर्ष नेताले जवाफ दिने
काठमाडौं, असार १२
जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज सकिँदै छ ।
गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो ।
आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम रहेको छ ।
गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो ।
प्रकाशित मिति: १२ असार २०८०, मंगलबार