जापानमा शक्तिशाली भूकम्प


 


bhukampaकाठमाडौं, मंसिर ७

जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि रहेको भूगर्भविद्हरुले बताएका छन् ।

शक्तिशाली भूकम्प गएपछि जापान सरकारले तटिय क्षेत्रमा सुनामीको चेतावनी दिएको छ ।

सरकारले सुनामीको प्रभाव पर्ने तटिय क्षेत्र खाली गराएको छ । भूकम्पका कारण क्षति पुग्न सक्ने भन्दै फुकुशिमाको परमाणु संयन्त्रको रिएक्टर कुलिङ सिस्टम बन्द गरिएको छ ।

यसअघि गत अप्रिलमा कुमामोटो प्रान्तमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा आएको शक्तिशाली भूकम्पमा १८ हजारको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्