जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुने


 


काठमाडौं, असार ११
जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान माथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुँदैछ ।

हिजो आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: ११ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्