क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीले दिए खाना खाने निम्तो


 


काठमाडौं, असार १० । नेपाली क्रिकेट खेलाडीलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खाना खाने निम्तो दिएका छन् । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट क्वालिफायरको समूह चरणबाट नेपाल बाहिरिएपछि सान्त्वना दिन ओलीले खेलाडीलाई खाना खाने निम्तो दिएका हुन् ।

शनिबार जिम्बाब्वेमा भएको नेदरल्याण्डसँगको खेलमा नेपाल ७ वीकेटले पराजित भएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् खाना खाने निम्तो दिएका हुन् ।

उनले खेलाडीलाई एउटा असफलताबाट नआत्तिन आग्रह गर्दै सान्त्वनासमेत दिएका छन् । ओलीले भनेका छन्, ‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु ।’

उनले प्राप्त परिणाम सोचेजस्तो नभए पनि खेलडाीको मेहनत कमजोर नभएको उल्लेख गरेका छन् । ‘कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन’, उनले लेखेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम १ नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

प्रकाशित मिति: १० असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्